उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बियो, खाद्य पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० लम्बिएको छ । मसान्तसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भइसकेको तर, घोषणा हुन बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले मकालु खबरलाई जानकारी दिए । ‘हामी भर्च्यूअल्ली रुपमा बस्न लागेका छौँ । बसेपछि भन्छौँ, थप्ने निर्णय भइसकेको छ,’ प्रजिअ निरौलाले भनेका छन् ।

प्रजिअ निरौलाकाअनुसार अब लम्बिने निषेधाज्ञामा खाद्य र किराना पसल भने खोल्न पाइनेछ । भने— ‘यो एक हप्ता कडा रुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप्ने भन्नेमा हाम्रो सहमति भएको छ ।  यसबाहेक ललितपुरमा सहकारी र वित्तीय संस्थालाई हप्तामा दुई दिन खोल्न दिने कि भन्ने पनि छलफल भइरहेको छ ।’

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असारबाट भने खुकुलो  हुनसक्ने प्रजिअ निरौलाले बताए । ‘असारबाट भने खुकुलो बनाउनेबारे विज्ञहरुले पनि सुझाव दिनुभएको छ । त्यसपछि भने केही रुपमा खुकुलो हुन्छ होला ।’

No description available.

 

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *