मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

मुगु । कोभिड-१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका-१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।

उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा: आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ ।

बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन। हालसम्म २९४ संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *