निरुताको सम्झनामा ‘आफन्त’

काठमाडौं । अभिनेत्री निरुता सिंहले लकडाउनमा छायाङ्कनका पुराना दिनहरू सम्झिएकी छन् ।

उनले चलचित्र ‘आफन्त’ र यसका कलाकार घुमिरहेका छन् । उनले सामाजिक सञ्जालमा चलचित्र ‘आफन्त’ को छायाङ्कनका तस्बिरहरू सेयर गर्दै दिवङ्गत अभिनेता श्रीकृष्ण श्रेष्ठ, निर्देशक शिव रेग्मीलगायतलाई सम्झिएकी छन् ।

उनले लेखेकी छिन्‚ ‘हिजो जस्तै लाग्छ चलचित्र ‘आफन्त’ को छायांकन गरेको । तर आज यो तस्बिर हेर्दा साह्रै दुःख लाग्छ । यो तस्बिरमा देखिएका निर्देशक, कलाकार अनि प्राविधिक दाजुभाइहरूमध्ये कति जना आज हामीबिच हुनुहुन्न । श्रीकृष्ण दाइ, शिव रेग्मी दाइ अनि अरू जति प्राविधिक दाजु भाइहरू सबैलाई हामी यो जीवनभरि माया अनि याद गरी रहनेछौँ । तपाईंहरूको कमी सधैंभरि खड्की रहनेछ ।’

सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणामार्फत् नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी निरुताले धेरै चलचित्रमा अभिनय गरेकी छन् । उनी अभिनित अधिकांश चलचित्र सफल छन् । अझै पनि नेपाली चलचित्रमा काम गर्ने इच्छा राखेकी निरूता लकडाउनका कारण भारतमै छिन् । घरमै बसेर उनले पुराना यादहरू ताजा गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *