केआरके अर्थात् विवादका पर्याय

एजेन्सी । कमल आर खान (केआरके) आफूलाई नम्बर वन समालोचक र व्यापार विश्लेषक बताउने गर्छन् । र प्रायः विवादास्पद भनाइका कारण चर्चामा आउँछन् । उनी सोसल मिडियामा पनि धेरै सक्रिय छन् । उनी बलिउड कलाकारलाई राम्रो/नराम्रो भनेर विवाद झेलिरहन्छन् । यस बाहेक, उनी युट्युब च्यानलमा चलचित्रको समीक्षा गर्छन् । पछिल्लो समय सलमान खानसँगको विवादका कारण उनी चर्चामा छन् ।

त्यसो त केआरकेले चलचित्र ‘देशद्रोही’ मार्फत् अभिनेताको रूपमा बलिउडमा डेब्यू गरेका थिए । चलचित्र भारतमा प्रतिबन्धित गरियो । यसपछि, सन् २०१४ मा आएको ‘एक भिलेन’ मा पनि उनी सानो भूमिकामा देखा परे । यस बाहेक, उनी बिग बोस सिजन ३ को प्रतियोगीको रूपमा देखिएका थिए । त्यहाँ उनी फेसन डिजाइनर रोहितलाई बोतल फ्याँकेर चर्चामा आएका थिए ।

केआरकेविरुद्ध अजय देवगणको आरोप
२०१६ मा पनि केआरके विवादमा परे । जब उनले अजय देवगणले उनको कल रेकर्डिङ सेयर गरेर पैसा लिएर ‘शिवाय’ चलचित्रको विषयमा खराब आरोप लगाएको बताए ।

उक्त अडियोमा, कुमार मंगत र केआरकेबीचको कुराकानी अजयको चलचित्र ‘शिवाय’ विषयमा भएको थियो । आरोपित अडिओमा केआरकेले करण जोहरको चलचित्र ‘ए दिल है मुस्किल’ को विषयमा नराम्रो भन्न नसकिने बताइएको थियो । जसले २५ लाख दिन्छ उसकै पक्षमा बोल्नुपर्ने अडिओमा बताइएको छ । विवाद उजागर भएपछि केआरकेले कुनै पैसा नलिएको बताए र पन्छिए ।

यस विषयमा करण जोहरले भनेका थिए, ‘मेरो आत्मसम्मान, मेरो नाम, कम्पनीको प्रतिष्ठा र मेरो पालनपोषणले त्यस्ता प्रश्नहरूको उत्तर दिएर उनीहरूलाई ध्यान दिन दिएन । यो अडिओ पश्चात् अजय देवगणपछि काजलले करण जोहरसँगको मित्रताको अन्त्य गरिन् ।

अनुराग कश्यपसँग समेत लफडा
सेप्टेम्बर २०२० मा केआरके वेबसाइटको आधिकारिक ह्यान्डलमार्फत् चलचित्र निर्माता अनुराग कश्यपलाई श्रद्धाञ्जली दिएपछि विवाद उब्जियो । उनले लेखेका थिए, ‘आत्माको चीर शान्तिको कामना अनुराग कश्यप । उनी एक महान् कथाकार थिए । हाम्रो सम्झनामा उनी सदैव रहनेछन् ।’

मृत्युको आफवाह फैलाएका कारण उनको वेबसाइटको ह्यान्डलबाटै उनले माफी मागे । उनले लेखेका थिए, ‘हामीलाई अफसोस छ कि हाम्रा एक कर्मचारीले अनुराग कपूरलाई अनुराग कश्यप सोचेछन् र उनीबारे गलत समाचार प्रकाशित हुन गयो । अनुराग कपूरको आत्माको शान्तिको कामना ।’

अनुराग कश्यपले यस विषयमा केआरकेलाई सामाजिक सञ्जालमार्फत् भनेका थिए, ‘हिजो, यमराज देखा परे । आज यमराज आफैँले घर छोडे र भने, तपाईंले अझै धेरै चलचित्र बनाउनु छ । तपाईंले चलचित्र बनाउने र बेवकुफले बाइकट नगरे त उनीहरूको जीवन सफल नै कहाँ हुन्छ र ?’ उसलाई सार्थकता मिलोस् भनेर मलाई छाडे ।’

सिद्धार्थ मल्होत्रासँगको दुस्मनी
२०१६ मा आलिया भट्ट र सिद्धार्थ मल्होत्राले फोटोसुट गरेका थिए । यो तस्बिरलाई लिएर केआरकेले आलियालाई बच्चा भन्दै धेरै अपमान गरेका थिए । आलिया त्यस समयमा सिद्धार्थसँग प्रेममा थिइन् र सिद्धार्थ आलियाको विरुद्धमा त्यस्ता कुरा गरेकाले रिसाएका थिए । सिद्धार्थले केआरकेलाई बकवास बन्द गर्न आग्रहसमेत गरेका थिए ।

सिद्धार्थले ट्विटमा लेखेका थिए, ‘महोदय, हामी तपाईंलाई बकवास रोक्नको लागि भन्दैछौँ । तापनि तपाईं ट्विट गरिरहनुभएको छ ।’ यसमा केआरकेले जवाफ दिएका थिए, ‘भारतका १३० करोड मानिसहरूले तपाईंलाई अभिनय गर्न बन्द गर्न भनेका छन्, तर तपाईं उनीहरूलाई सताउन चलचित्र बनाउँदै हुनुहुन्छ ।’

सिद्धार्थले केआरकेलाई सल्लाह दिँदै लेखे, ‘मलाई लाग्छ कि तपाईंले अङ्ग्रेजी सिक्नुपर्छ, किनकी तपाईंले मेरो अघिल्लो ट्विट पढ्नुभएको वा बुझ्नुभएको छैन ।’ केआरकेले जवाफ दिए, ‘ठिक छ, म तपाईंसँग चाँडै नै सिक्न आउनेछु, किनकि तपाईंले दिल्लीको आइडिया इन्स्टिच्युटबाट अध्ययन गर्नुभएको छ ।’

यसरी विवाद नै विवादमा घेरिएका केआरकेको सलमानसँगको दुस्मनी भने महंगो हुने लक्षण देखिएको विश्लेषण बलिउडमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *