पाब्लो नेरुदाको कविता

रातको टोपीमा
किन हुन्छन् यति धेरै प्वालहरु ?

के भन्छ पुरानो खरानीले
जब गुज्रिन्छ ऊ आगोको समीप भएर ?

बादल किन रुन्छ यति धेरै
जब हुन्छ ऊ अथाह खुशीमा ?

ग्रहणको छायाँमा पनि
कसको लागि जल्छ घामको किरण ?

जुन आँसु अहिले बगेको छैन
के त्यो एउटा सानो पोखरीमा पर्खेर बसेको हुन्छ ?

या के त्यो अदृश्य नदी हो
जुन उदासितातिर बगिरहेको हुन्छ ?

(यो कविता पाब्लो नेरुदाको ‘द बुक अफ क्वेस्चन्स’को हिन्दी अनुवादबाट रिमा केसीले अनुवाद गरेकी हुन् ।)

प्रतिक्रिया

One thought on “पाब्लो नेरुदाको कविता

  1. यति सुन्दर कविताको यति मीठो अनुवाद गरेर नेपालीपनको स्वाद चखाउने कवि रिमा केसेलाई धन्यवाद ।

Leave a Reply to जनक Cancel reply

Your email address will not be published. Required fields are marked *