अनैतिक सम्बन्ध र वासनाको कारण ‘अन्धवेग’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा बालकृष्ण समद्वारा लिखित ‘अन्धवेग’ नाटक मञ्चन भइरहेको छ । नाटकमा पम्फा, गरुडध्वज, जयवीर, मुगा जस्ता पात्रलाई देख्न सकिन्छ । ती नै पात्रहरूको माध्यमद्वारा नाटकको कथावस्तु अगाडि बढेको छ ।

नाटकमा प्रमुख पात्रको रुपमा पम्फा, गरुडध्वज र जयवीरलाई देख्न सकिन्छ । पम्फा एक चञ्चल मनस्थिति भएकी नारी पात्र हुन भने गरुडध्वज एक आदर्श श्रीमान् हुन् । पम्फाको मनमा भान्जा जयवीरप्रति उठेको कामवासनाले गर्दा नै कथावस्तु अगाडि बढेको छ ।

नाटकमा भाउजू पम्फाको चञ्चल मनस्थितिले गर्दा निम्त्याएका केही प्रत्याशित त केही अप्रत्याशित घटनाहरू भएका छन् । जुन अहिलेको समय र समाजसंग पनि मिलेको देखिन्छ । नियति र कर्मको फल, प्रेम र वासना, आफू अनि आफैभित्रको अर्को आफू, चेतना र नैतिकता, यस्तै यस्तै कुराहरूमा घोत्लिरहदा नाटक दुखान्त बनेको छ ।

फागुन १८ गतेदेखि मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘अन्धवेग’ सोमबार बाहेक चैत १८ गतेसम्म मञ्चन हुनेछ । नाटक ‘अन्धवेग’ का लेखक बालकृष्ण सम हुन् भने यसलाई प्रवीण खतिवडाले परिकल्पना तथा निर्देशन गरेका छन् । नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, शारदा अधिकारी, सङ्गीता थापा, सुवास तिमल्सिना, सुन्दर धिताल, सन्तोष गिरी, सन्देश कार्की, बारात लिम्बू, सागर खाती, केशव शाही र रिजन केसीको अभिनय छ ।

हेर्नुहोस् तस्बिरहरू :

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *