आऊ मिलेर घर बनाउला !

आऊ मिलेर घर बनाउला

ठुलो ठुलो सपनाको होइन

हामी अटाउने खरको झुपडी छाउला

रमाउला हामी त्यहीँ माटोको घरमा

कहिले जुन तारा आकाशमा हेर्दै

सपना भरी साकारका योजना बुनौला

आऊ मिलेर घर बनाउला…

चुहिएला कतै कतै छानो बाट पानी

वरिपरि भाडा थापी रात कटाउँला

बिहानै झिसमिसे मै उठि

चुहिएका ठाउँ लाई टालौँला

हाँसौला अनि रमाउला जिन्दगी सगं

दुई मुटु एकैमा जोडी बिताउँला

आऊ मिलेर घर बनाउला…

च्यात्तिएको मजेत्रो तिमी लाउली

फाटेको दौरा र सुरुवाल म लाउला

झरी र अन्धकारको बिचमा पनि

एउटा सुन्दर संसार हामी बनाउँला

आऊ मिलेर घर बनाउँला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *