बजेटमा अशोक शर्माको असन्तुष्टि

काठमाडौं । चलचित्रकर्मी अशोक शर्मा यस वर्षको बजेटलाई लिएर असन्तुष्ट देखिएका छन् । सामाजिक सञ्जालमा लामो पोस्ट सार्वजनिक गर्दै उनले सपना देखाउने प्रयासमात्रै भएको सार दिएका छन् । उनले बुँदागत रूपमा यस वर्षको बजेटलाई विश्लेषण गरेका छन् ।

उनी लेख्छन्, ‘बजेटमा चलचित्रको च, उच्चारणमात्रै हुनुपर्छ, सरकारमा भएका पार्टीमा आबद्ध केही चलचित्रकर्मी साथीहरू ऐतिहासिक बजेट भनेर बखान गर्न थाल्छन्, बजेटले गरेको व्यवस्थाले चलचित्र क्षेत्रलाई के हुन्छ त एक पटक बुझौँ ।

सातै प्रदेशमा छायांकन गर्ने स्टुडियोको निर्माण
यो बजेटमा यस पटक समेत गरी तेस्रो पटक आएको हो तर काम भएको खोइ…?

काभ्रेमा स्टुडियो बन्ने
आज भन्दा १२ वर्ष अघि त्यो टोखामा थियो, ८ वर्ष अघि दोलखा  थियो, ६ वर्ष अघि पोखरा, बाग्लुंग हुँदै अब काभ्रे आइपुगेको छ । अब अर्को वर्ष कहाँ पुग्ने हो त्यो थाहा छैन । मेरो भनाई पायक पर्ने स्थानमा अविलम्ब एक भौतिक स्टुडियो निर्माण होस, बजेट =को किताबमा मात्रै होइन ।

निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट
निर्माणमा कुनै डिमान्ड सुल्क लाग्ने स्थिति छैन । प्रदर्शनमा लाग्ने हो । चलचित्र घर नचलेको करिब डेढ वर्ष हुन लागेको छ । यो एक महिनाको डिमान्ड शुल्क छुट गरेर सरकारले के भन्न खोजेको हो ?

स्क्रिप्ट ब्याङ्क
यो राम्रो काम को थालनी हो, काम हेर्न बाँकी छ ।

चलचित्रमा प्रयोग हुने उपकरणमा भन्सार सहुलियत
यो भइरहेकै व्यवस्था हो । यसमा चलचित्र घर छुटेको थियो । त्यो समावेश गरेको छ भने राम्रो काम ।

नवीकरणमा सुल्क छुट
निर्माण कम्पनीले अडिट रिपोर्ट बुझाई कर चुक्ता प्रमाण पत्र लिई कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी अद्यावाधिक गर्ने हो । जसको कुनै सुल्क लाग्दैन । प्रदर्शकले यसका अलावा प्रत्येक ५ वर्षमा हलको नवीकरण गर्ने हो । कुन चाहिँ सुल्क छुट हो बुझ्न सकिएन ।

कोभिडको समयमा खुद आयमा एक प्रतिशत मात्र कर लाग्ने बाकी छुट
कोभिड पछि निर्माताले कुनै चलचित्र प्रदर्शन गर्न सकेका छैनन् । वितरकले कुनै फिल्मको व्यवसाय गर्न पाएका छैनन् । सिनेमा हलहरू विगत करिब डेढ वर्ष देखि बन्द छ । अनि कसरी आम्दानी हुन्छ र सरकारले छुट दिएको ? अचम्म छ सरकारको राहत ।

अहिलेको अवस्थामामा  आर्थिक र नीतिगत रूपमा चलचित्र क्षेत्रलाई ठोस रूपमा हेरिएन भने म ठोकुवाका साथ भन्न सक्छु कोरोना भन्दा अघि १०० वटा फिल्म बनिरहेको थियो । चलचित्र घरहरू धमाधम बनिरहेको थियो । वितरकहरूले करोडौ लगानी गरिरहेको थियो । त्यो स्थितिमा फर्कन कम्तीमा १० वर्ष लाग्नेछ । त्यो पनि परिस्थिति अनुकूल भए मात्र ।

चलचित्रकर्मीले बजेट आएसँगै भिन्न भिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *