राष्ट्रियसभा उपनिर्वाचनः मतदाता नामावली सच्याइएकोमा चार दलको आपत्ति

काठमाडौँ । लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका क्रममा मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै चार दलले आपत्ति जनाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई उपनिर्वाचनमा मतदान गर्न नदिन उनीहरुको माग छ ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्यका रुपमा जसपाका सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेको थियो । यी चारैजनालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा जसपा नेपालले सांसद पद नरहने गरी कारवाही गरेको थियो । तर उनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पदमा यथावत राख्न निर्देशन दिएको थियो ।
अदालतको आदेशपत्र प्राप्त हुँदा निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा ती चारजनालाई मतदाता नामावलीमा सामेल गर्न नमिल्ने विपक्षी दलहरूको तर्क छ । प्रदेशसभामा गठबन्धन बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारका चार मन्त्रीलाई मतदानको अघिल्लो दिन मतदाता नामावलीमा सामेल गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
हेर्नुहोस् विज्ञप्ति :-









