गायक गोस्वामीको ‘हिमालै राम्रो हिउँले’ सार्वजनिक 

काठमाडौँ । गायक राज के गोस्वामी नयाँ शैलीको गीत ‘हिमालै राम्रो हिउँले’ सार्वजनिक गरेका छन् । ‘कोसिस-२’ एल्बममा समावेश भएको यो गीतलाई विक्रम थापाले सङ्गीतबद्ध गरेका छन् भने सुमन कुँवरको शब्द रहेको छ ।

सन्दीप कार्कीले गीतमा संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ । नेपाली गीतका म्युजिक भिडियोमा यस्तो प्रयोग विरलै देख्न पाइन्छ । गीतलाई पूर्ण रूपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ ।

भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ । भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका छन् भने भिएफएक्स तथा सम्पादन पनि उनैको रहेको छ । निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *