एमाले स्थायी कमिटी बैठक स्थगित

कठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक भोलि बिहान १० बजे बस्नेगरी सरेको हो ।

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विपक्षी एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायतका १२ जना सांसदलाई स्पष्टीकरण माग गरेको थियो । उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । यद्यपि यता नेता घनश्याम भुसालले भने शनिवार फेसबूकमार्फत ‘मेरो स्पष्टीकरण’ भनेर आफू उल्लंघनमा पनि विकल्प रोज्नुपर्ने ठाउँमा पुगेको र नेपालीको आकांक्षाअनुसार संसदीय मर्यादाको उल्लंघन गरेको बताएका छन् ।

यसअघि विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतका ११ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *