स्पष्टीकरण

‘…त्यसैले संसदीय मर्यादा उल्लंघ गरेँ’

काठमाडौं । म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु ।

त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्षमा मुलुकलाई धकेलिने छ ।

एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनुभएको छ । त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो, जुन कुरा मैले धेरै साथीहरुलाई बताएको छु ।

उनले भनेका थिए— नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुने छैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ ।

त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्षमा मुलुकलाई धकेलिने छ । घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दैछन् ।

अहिले नेकपा एमालेका केही सांसदहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

नेता भुसालको फेसबूकबाट साभार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *