जयरामा मिडिया सञ्चालिका यादवको नाममा पत्रकारिता पुरस्कार घोषणा

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएको जयरामा मिडिया प्रालिका सञ्चालिकाको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।

कोरोना भाइरसबाट संक्रमित जयरामा मिडिया प्रालिका सञ्चालिका रामा यादवको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो । जयरामा मिडिया प्रालि रौतहट अन्तर्गत रेड टेलिभिजन, रेडखबर डट कम अनलाइन पत्रिका सञ्चालनमा रहेको छ भने रेडपाेस्ट दैनिक पत्रिका दर्ता भइसकेकाे छ भने रेड एफ एम दर्ताकाे क्रममा रहेको छ ।

जयप्रकाश यादवले आफ्नी श्रीमती रामा यादवको १३ औं दिनको पूण्यतिथिको अवसर पारेर २६ हजार एक राशीको उक्त पुरस्कार घोषणा गरेका हुन् । उनले रामा यादवको देहवसान भएकै मिति पारेर उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।

यादवले वेदनाबाट आफैँ छट्पटिरहेको अवस्थामा उक्त पुरस्कारले स्वास्थ्य सेवालाई अझै बढी प्रभावकारी बनाउन सञ्चारकर्मीलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =