उज्वल थापाकाे स्वास्थ्य अवस्था जटिल

थापाकाे स्वास्थ्य अवस्था शनिबार बिहानदेखि जटिल रहेको, मेडिसिटी अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी २४ सै घण्टा उपचारमा खटिएको र अन्य स्वास्थ्य अवस्थाका बारेमा परिवारको आग्रहअनुरूप योभन्दा बढी सार्वजनिक गर्न नसकिने पान्डेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
हालका लागि थापाकाे उपचारका लागि विश्वब्यापी रुपमा गरिएकाे सहयाेग संकलनकाे काम बन्द गरिएकाे पनि उनले उल्लेख गरेका छन् । ‘उज्ज्वल दाइको स्वास्थ्यका लागी प्रार्थना गर्न अनुरोध गर्दछौँ’ पाण्डेले लेखेका छन् ।
यसैबिच थापाकाे उपचारका लागि भइरहेकाे सहयाेग संकलन अभियान बन्द गरिएकाे छ । विगत २४ घण्टामा ५० लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको जानकारी परिवार र साथीभाइले दिएकाे र हालका लागि उक्त अभियन बन्द गरिएको पाण्डेले जानकारी दिएका हुन् ।
इक्मो प्रविधिबाट उपचार गर्न महंगाे पर्ने भएपछि उनका साथी र शुभचिन्तकले सहयाेग संकलन अभियान चलाएका थिए ।








