सरकारी कर्मचारीको तलबमा २ हजार वृद्धि
२०७८ जेठ १५ गते

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।
हाल उपलब्ध सेवा सुविधा र भत्तालाई यथावत राख्दै कर्मचारीको तलबमा मासिक २ हजारका दरले वृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । साथै कर्मचारीकाे सेवा सुविधालार्इ विश्वस्तरी बनाउँदै लान राष्ट्र सेवक कर्मचारीले पाउने सेवा सुविधाबारे अध्ययन गर्न एउटा अध्ययन योजना रहेको समेत उनले बताए ।
सरकारले विगत २ आर्थिक वर्षदेखि कर्मचारीको तलब वृद्धि गरेको थिएन ।
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








