अमेरिकामा ‘ओभर डोज’ प्रिमियर

काठमाडौँ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित चलचित्र ‘ओभर डोज’ को प्रिमियर अमेरिकामा हुने भएको छ । मे २९ अर्थात् आज अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो । ड्रग र अपराधको कथामा निर्माण भएका यस चलचित्रमा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र नेपाली र अङ्ग्रेजी दुई भाषामा निर्माण गरिएको हो । सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो ।

दर्शकका लागि केही नयाँ दिने उद्देश्यले चलचित्र निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *