सुदूरपश्चिम प्रदेश सरकारमा सात जना मन्त्री थपिँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सातजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित सात मन्त्रालय रहेको सुदूरपश्चिममा मन्त्रालय थप गरेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएको हो ।

सामाजिक विकास मन्त्रीमा पूर्णा जोशी, उद्योग पर्यटन तथा वनवातावरण मन्त्रीमा मानबहादुर धामी, भौतिक पूर्वाधार विकास मन्त्रीमा दिर्घ सोडारी नियुक्ति हुने भएका छन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समाल्दै छन् भने अर्को मन्त्री नियुक्ति नहुँदासम्म खाली हुने आन्तरिक मामिलाको जिम्मेवारी पनि तत्काल मन्त्री शाहले नै समाल्ने भएका छन् ।

आन्तरिक मामिलाका लागि तारालामा तामाङ्ग र लालबहादुर खड्का दाबेदार थिए । अर्चना गहतराज, चुनकुमारी चौधरी, मानबहादुर सुनार र मना साउँद राज्य मन्त्रीमा नियुक्ति हुने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *