सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रालय पनि हेरफेर हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुँदैछ । मन्त्रिमण्डल आजै विस्तार गर्ने तयारी गरिएको छ ।

यद्यपि प्रदेश सरकारले यो विषयलाई गोप्य नै राखेको छ । स्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित सात मन्त्रालय रहेको सुदूरपश्चिममा मन्त्रालय थप गरेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएको हो ।

साथै दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिइने तयारी भएको छ । मन्त्रीका लागि तारा लामा तामाङ्ग, दिर्घ सोदारी, पूर्णा जोशी, अक्कल रावल, मानबहादुर सुनार, महेशदत्त जोशीलगायत लाइनमा रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका मन्त्री प्रकाश शाह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समाल्न इच्छुक देखिएका छन् । यसअघि आर्थिक मामिलाको जिम्मेवारी झपट बोहराले समालेका थिए ।

उनी एमालेको ओली पक्षमा लागेपछि कारबाही मुख्यमन्त्रीले पदमुक्त गरेका थिए । उनी एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही गरेर सांसद पदबाटसमेत पदमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *