त्रिविले सूचना नसच्याए आन्दोलनमा जाने विद्यार्थी संघको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले बिएड प्रथम वर्षको परीक्षा फारम भर्ने सूचनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार सूचना जारी गर्दै, कोरोना महामारीको दोस्रो लहरका कारण लकडाउन हुँदा सबै विद्यार्थी आफ्नो घरमा रहेका बेला अनलाइन क्लास सञ्चालन गर्नु स्वागतयोग्य काम भएपनि अन्य धेरै व्यवहारिक यथार्थतातर्फ ध्यान नपुर्‍याएको भन्दै तत्काल उक्त सूचनालाई परिमार्जन गर्न माग गरेको छ ।

साथै विज्ञप्तिमा यतिबेला प्रायः विद्यार्थीहरू दूरदराजको आफ्नो गाउँघरमा भएको अवस्थामा प्रविधिको पहुँच नभएको अवस्थामा जेठ २० गतेभित्र अनलाइन फारम भर्ने कुरा अव्यवहारिक भएको संघको ठहर छ ।

कतिपय स्थानमा बैंक र वित्तीय संस्थाहरू बन्द रहेको अवस्थामा गाउँबाट शहर बजार आइ बैकिङ् सेवा प्राप्त गर्न कठिन अवस्थामा परीक्षा फारम दस्तुर बुझाउन सहज नरहेको र यस्तो प्रतिकुल अवस्थामा पनि अषाढ १ देखि ७ गतेसम्म डबल दस्तुरमा फारम भर्न पाइने सूचना हाँस्यास्पद रहेको भन्दै सूचना सच्याउन संघले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै संघले सूचना नसच्याएको खण्डमा आफुहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *