स्वास्थ्यकर्मीको अवस्था चित्रण गर्ने ‘नसोध मलाई’ सार्वजनिक

काठमाडौँ । कोभिड-१९ बाट सङ्क्रमित बिरामीहरूको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा. रण जीत कुमार झा कुशल गायक तथा सङ्गीतकार समेत हुन् ।

डा. झाले कोरोना भाइरसका सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मानमा एउटा गीत गएका छन् । ‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा शब्दहरू गिरिराज निरौलाले रचना गर्नु भएको हो । गीतमा डा.झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का तथा सुशीला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि प्रस्तुत छन् ।मुकेश हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक कश्यपकै रङ्ग संयोजन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *