प्राविधिकको सहयोगमा जुटे कलाकार

काठमाडौँ । विषम परिस्थितिमा चलचित्र प्राविधिकहरूका लागि देश तथा विदेशमा रहेका कलाकारहरूले सहयोग गर्न थालेका छन् ।

कोरोनाका कारण प्राविधिक घरको चुलो बल्न समस्या भएका कारण चिन्तित बनेका प्राविधिकको लागि कलाकार निर्मल शर्माले २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामालाई बुधबार शो रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम सङ्घको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’मा जम्मा गरिएको छ ।

अमेरिकामा रहेका कलाकार जीवन लुइँटेल, राजबल्लभ कोइराला, नीरज बरालले ५१-५१ हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा सहयोग गरेका छन् । त्यस्तै, अमेरिकामै रहेका अभिनेता गणेश उप्रेतीले ५० हजार, मुकेश आचार्यले २१ हजार, बेल्जियममा रहेका कलाकार तथा निर्माता तेजेन्द्र कँडेलले १५ हजार रुपैयाँ सहयोग गरेको छन् ।

कलाकार विजय लामा र लामा नोर्बु पासाङले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बुधबार नै अभिनेत्री सुमिना घिमिरेले प्राविधिकहरूका लागि खाद्यान्न सहयोग गरेकी छिन् । उनले र उनका श्रीमान रोशन सापकोटाले ४० प्राविधिक परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । नेपालमा १५ सय भन्दा बढी फिल्मका प्राविधिकहरू रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *