भन्सालीको चलचित्रमा पुनः दीपिका !

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण पुनः निर्देशक सञ्जय लीला भन्सालीको चलचित्रमा देखिने सम्भावना बढेको छ ।

हाल आलिया भट्टसँग ‘गंगुबाई काठीवाडी’ मा काम गरिरहेका सञ्जयको आगामी प्रोजेक्टका लागि दीपिका पहिलो रोजाई रहेकी छन् । चलचित्र ‘बैजु बावरा’ को मुख्य भूमिकामा डकैत रानी रूपमतीको भूमिकाका लागि दीपिका रोजाइमा परेकी हुन् ।

सन् १९५२मा आएको ओरिजिनल चलचित्रमा उक्त भूमिका कुलदिप कौरले निभाएकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार यो प्रोजेक्टलाई लिएर सञ्जय र दीपिका बिच छलफल चलिरहेको छ ।

तर कन्ट्रयाक्ट हुन भने बाकी छ । यसअघि दीपिकाले भन्सालीसंग रामलीला, बाजिराव मस्तानी र पद्मावतमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =