कोभिडबाट त्रिविका प्राध्यापक र कर्मचारी गरी ११ जनाको निधन, त्रिवि भन्छ- तथ्यांक छैन

काठमाडौं । कोभिड-१९ का कारण त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी गरी कम्तिमा ११ जनाको निधन भएको छ ।

अहिलेसम्म, शिक्षाशास्त्र केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक दिपक मैनाली, उपप्राध्यापक शंकर सुवेदी, बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख माधवराज पन्थी, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख प्राध्यापक राजेन्द्र सुवेदी, शंकरदेव क्याम्पसका प्राध्यापक किशोर महर्जन, पद्मकन्या बहुमुखी क्याम्पसका प्राध्यापक निर्मला उप्रेती र सहप्राध्यापक शेरजंग खड्काको निधन भएको हो ।

यस्तै, त्रिविका सहआर्थिक नियन्त्रक शम्भुप्रसाद भट्टराई, पुल्चोक क्याम्पसका उपप्रशासक संगिता मल्ल श्रेष्ठ, डीन कार्यालयका शाखा अधिकृत गुलाफरत्न शाक्य, पद्मकन्या क्याम्पसको सामाजिक कार्य विभागमा कार्यरत विनय प्रसाईंको निधन भएको हो ।

तथ्यांकै छैन त्रिविसँग
कोरोनाबाट अहिलेसम्म कतिजनाको ज्यान गयो वा कति प्रभावित भएका छन् भन्नेबारे आधिकारिक तथ्यांक नभएको र संकलनकै क्रममा रहेको त्रिविले जनाएको छ । कोभिड-१९ बाट कति कर्मचारी, शिक्षक प्रभावित भए, कति होम क्वारेन्टिनमै छन् ? कति हस्पिटलमा छन् ? भन्नेबारेमा त्रिविसँग आधिकारिक कुनै तथ्यांक नभएको त्रिविका सूचना अधिकारी योगन्द्र दाहालले मकालु खबरलाई जानकारी दिए ।

सूचना अधिकारी दाहालले भने, ‘अहिले हामीसँग कलेक्सन भइसकेको छैन, कलेक्सन भइरहेको छ । सबै ठाउँमा पत्राचार गरेपनि जवाफ आइसकेको छैन‚ त्यसैले गर्दा पूर्ण जानकारी दिन गाह्रो छ । उपत्यकाभित्र र बाहिर अनि प्रदेशस्तरमा सूचना निकाल्न खोजिरहेका छौँ ।’

कोभिड कहरका बेला आफ्ना कति प्राध्यापक र कर्मचारी संक्रमित भएका छन् भन्नेबारेको सूचना पनि नहुनु लाजमर्दो भएको त्रिविका एक प्रध्यापकले बताए । उनी भन्छन्‚ ‘अहिलेसम्म यति विवरण पनि संकलन नहुनु दुःखद हो, यो खास गाह्रो काम होइन, क्याम्पसका सूचना अधिकारीहरुसँग सूचना माग गरे पनि यसको विवरण त आइहाल्छ नि !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =