सुदूरपश्चिम प्रदेश

एमाले संसदीय दलको बैठक, आएनन् ओली पक्षका ३ सांसद

धनगढी । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरू भएको छ । एमालेले केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको हो ।

सभामुखबाहेक २४ सांसद भएको एमाले संसदीय दलको बैठकमा ओली पक्षका ३ जना अनुपस्थित भएका छन् । दलमा ओली पक्षका ६ जना छन् । बैठकमा ओली पक्षका नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ्ग सहभागी भएका छन् । गेल्बु बोहरा, रतन थापा र लिलाधार भट्ट अनुपस्थित छन् ।

केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन मंगलबार बैठक बस्न प्रयास भएपनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।

यो पनि : एमालेले समर्थन फिर्ता लिंदा के फरक पर्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *