डा. आरजुले गरिन् अक्सिजन बैंक बर्दियालाई सहयोग

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले बर्दिया अक्सिजन बैंकलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । अस्पतालमा हुने अक्सिजनको अभावले कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर आफूले सक्दो सहयोग गरेको उनले बताइन् ।

हाल जापानमा रहेका युवराज अधिकारीको समन्वयमा राणाले उक्त सहयोग रकम प्रदान गरेकी हुन् । यसअघि पनि राणाले धनगढी उपमहानगरपालिकालाई १० लाख नगद सहयोग गरेकी थिइन् ।

नेतृ राणा विभिन्न संघसंस्थामार्फत नेपालका विभिन्न जिल्लामा कोरोना नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गर्दै आएकी छन् । उनले खाद्यान्नसहित राहत वितरणको कामलाई पनि निरन्तरता दिँदै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =