संसद् विघटनविरुद्ध देशैभर संघर्ष गर्न तरुण दलको परिपत्र
२०७८ जेठ ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्न परिपत्र गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोध गर्न तरुण दलले परिपत्र गरेको हो ।
अध्यक्ष जितजंग बस्नेतद्वारा जारी परिपत्रमा स्वास्थ्य मापदण्ड अपनाउँदै अन्य संघसँगको सहकार्यमा आन्दोलनका कार्यक्रम गर्न भनिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदम संबिधान विपरीत भएको तरुण दलको ठहर छ ।
उक्त कदम जनता र जनप्रतिनिधिको साझा थलो संसदमाथि गरिएको सबैभन्दा ठूलो धोका भएको तरुणले बतायो । वाइसिएल, समाजवादी युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, युवा संघ नेपाल, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी आफूहरु अगाडि बढेको परिपत्रमा उल्लेख छ ।

२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








