विश्वकै अग्लो स्थानमा प्रमाणपत्र पाउने शेर्पा

काठमाडौँ । गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । विश्वको अग्लो स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन् ।

शेर्पाले सन् २००४ मा ‘गीत एक अक्षरको’ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर ‘म’ मात्रै प्रयोग गरी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । त्यही गीतलाई युकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रूपमा स्वीकार गर्‍यो ।

यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गरी विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्डसमेत शेर्पाले राख्न सफल भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *