प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र परिवर्तनका एजेन्डा समाप्त पारे : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डालाई समाप्त पारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारीसमा शुक्रबार मध्यराती राष्ट्रपति भण्डारीले संसद विघटन गरि मध्यावधि चुनाव घोषणा गर्नु योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार भएको सिंहले टिप्पणी गरेका हुन् । संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनकाे भनाइ छ ।

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्नेमा एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको ’  उनकाे भनाइ छ ।

जनता कोरोना महामारीमा रहेका बेला र जनताको जीवनरक्षा गर्नु पर्ने बेला चुनाव घोषाण गर्नु देशका लागी दुर्भाग्य भएको नेता सिंहको भनाई छ । कोरोना महामारीको सामना गरिरहेका जनता अस्पतालमा शय्या अभावमा छट्पटाई रहेका बेला जनताको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले निकृष्ट कर्म गरेको नेता सिंहले उल्लेख गरेका छन् ।

‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन्’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =