‘महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ’

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाब्याधिका बेलाकाे मध्यावधि चुनावकाे सपना महंगाे पर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गरेका शेरबहादुर देउवा र केपी शर्मा ओली दुबैकाे दाबी खारेज गरिदिएपछिकाे अवस्थाबारे टिप्पणी गर्दै शर्माले ‘महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्ने’ चेतावनी दिएका हुन् ।

उनले ‘संविधानकाे सामुहिक बलात्कारकाे दुष्परिणाम महंगाे पर्ने’ चेतावनी पनि दिएका छन् ।

सामाजिक सञ्जालमा शर्माले भनेका छन्- `अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =