सर्वोच्चद्वारा अपदस्थ ७ मन्त्रीले सम्हालेका मन्त्रालयकाे जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चद्वारा अपदस्थ ७ मन्त्रीले सम्हालेका मन्त्रालयकाे जिम्मा प्रधानमन्त्रीलाई दिएकी छन् ।

सर्वोच्च अदालतद्वारा अपदस्थ गृहमन्त्री रामबहादुर थापा बादलसहित ७ जना मन्त्रीहरूलाई मन्त्रीको हैसियतमा काम कारबाही नगर्न आदेश दिएसँगै उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने भएका हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेशबमोजिम रिक्त मन्त्रालयको सम्पूर्ण कार्यभार अर्को व्यवस्था नहुँदासम्मका लागि प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्न आदेश गरेकी हुन् ।

‘सर्वोच्च अदालतको मिति २०७८/२/६ को अन्तरिम आदेशबमोजिम रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै कामकारबाही नगर्नु, गर्न नदिनू भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हालि आउनु भएको मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार सर्वोच्च अदालतले गैरसांसद मन्त्रीहरू गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =