१४९ सांसदको हस्ताक्षरसहित विपक्षी दल पुगे शीतल निवास

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् ।

माओवादी नेता लीलामणि पोखरेलकाअुनसार देउवाले माओवादी केन्द्र, विपक्षी एमाले, राष्ट्रिय जनमोर्चालगायतका दलको सहयोगमा प्रधानमन्त्रीको दाबी पेश गर्ने भएका हुन् ।

नेता पोखरेलकाअनुसार कांग्रेसको ६१, माओवादीको ४९ (एक स्वतन्त्रसहित), विपक्षी एमाले (माधवकुमार नेपाल—झलनाथ खनाल) को २७, जनता समाजवादी पार्टी (डा. बाबुराम भट्टराई—उपेन्द्र यादव)को १२ र राष्ट्रिय जनमोर्चाको १ सांसदले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधि सभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *