वैकल्पिक सरकार

‘धारा ७६ (५)मा जानलाई राजीनामा दिनैपर्छ भन्ने छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) मा जानका लागि राजीनामा दिनैपर्छ भन्ने संवैधानिक व्यवस्था नभएको टिप्पणी गरेका छन् ।

शुक्रवार दिउँसो बालुवाटारमा पत्रकार सम्मेलनमा पत्रकारहरुसँग सवाल जवाफ गर्दै प्रधानमन्त्री ओलीले— ‘धारा ७६ (५) मा जानुको लागि राजीनामा गर्नैपर्छ भन्ने छैन । त्यो व्यवस्था कतै छैन ।’ यसअघि खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धारा ७६ (५)मा अलोकतान्त्रिक तरिकाले सरकार गएको भन्दै आपत्ति जनाएको थियो ।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा वैकल्पिक सरकार बनेको खण्डमा आफू र आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने— ‘नयाँ सरकार बनेको खण्डमा मैले र मेरो पार्टीले रचनात्मक सहयोग गर्नेछ ।’

आफूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिलाई पनि फोनमार्फत सरकार बनाउन आग्रह गरेको ओलीले बताए । ‘मैले शेरबहादुजीलाई पनि भनेको छु । नयाँ सरकार बनाउनुस् भनेर । तर आफैंले नसक्ने अनि निहुँ खोज्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *