जसपा संसदीय दलको बैठक
ठाकुरलाई प्रधानमन्त्रीमा अघि सार्ने तयारी
२०७८ जेठ ७ गते

फाइल तस्बिर
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बिहान १० बजेदेखि जारी बैठकमा विकसित राजनीतिक घटनाक्रमपछिको सत्ता समीकरणबारे छलफल भइरहेको सांसद एकवाल मियाँले जानकारी दिए ।
पार्टीले सहमतीय प्रधानमन्त्रीमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने तयारी गरेको छ । ‘उहाँ (महन्थ ठाकुर)लाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने पार्टीको धारणा हो । हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ सांसद मियाँले मकालु खबरसँग भने, ‘बैठक जारी छ । यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं ।’
राष्ट्रपति विद्यादेवीभण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न दलहरुलाई शुक्रबार साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।
यो पनि : जसपा संसदीय दलकाे बैठक बस्दै, सरकारबारे निर्णय गर्ने
२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








