राष्ट्रपतिद्वारा धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन् ।

भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

उनले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =