सुनकोशी नदीले बगाएर बालक बेपत्ता
२०७८ जेठ ६ गते

सांकेतिक तस्बिर
ओखलढुङगा । ओखलढुङगामा नदीले बगाएर एक बालक बेपत्ता भएका छन् ।
सुनकोशी गाउँपालिका–१ का नबिन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
बिहीबार बिहान नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयबासीसमेतको सहयोगमा खोजी भइरहेको छ ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








