मन्त्रिपरिषद् बैठक बस्दै, बजेटबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले दिउँसो २ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका छन् । स्थायी कमिटी बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने श्रममन्त्री गौरशंकर चौधरीले मकालु खबरलाई बताए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने अर्का एक मन्त्रीले मकालु खबरलाई बताए । उनले भने— ‘आजको बैठक संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेसम्म बजेट ल्याइसक्नुपर्ने हुनाले बजेटकै विषयमा केन्द्रित हुनेछ ।’ यस्तै ती मन्त्रीले बजेट अधिवेशन चाँडै बोलाइने बताए । भने— ‘अध्यादेशमार्फत बजेट आउँदैन ।’

प्रधानमन्त्री ओलीले बजेटअगावै संसद्बाट विश्वासको मत लिँदैछन् । सो विषयमासमेत छलफल हुने ती मन्त्रीले बताएका छन् । ‘उहाँ (प्रधानमन्त्री) ले चाँडै विश्वासको मत लिने इच्छा व्यक्त गर्नुभएको छ । त्योबारे संसद्को अधिवेशन कहिले आह्वान गर्नेलगायतका विषयमा पनि छलफल हुन्छन्,’ ती मन्त्रीले भनेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ भित्र बजेट आइसक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *