एमाले स्थायी कमिटी बैठक बस्दै, के हो एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । अध्यक्ष ओलीले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक स्थायी कमिटी सदस्यले मकालु खबरलाई जानकारी दिए ।

उपप्रधानमन्त्रीसमेत रहेको स्थायी कमिटी सदस्य तथा पार्टी महासचिव ईश्वर पोखरेल र ओलीबीच छलफल भएपछि बैठक आह्वान गरिएको ती सदस्यले बताए । ‘उहाँहरु दुई नेताबीच छलफल भयो,’ ती सदस्यले भने— ‘तत्पश्चात् बैठक बोलाइएको हो ।’

बजेटअगावै विश्वासको मत लिँदै प्रधानमन्त्री

बालुवाटारमा बस्ने उक्त बैठकमा विपक्षी एमालेसँग वार्ता गर्न बनेको टोलीले रिपोर्टिङ्ग गर्ने बताइएको छ । यसैगरी बैठकमा विपक्षी एमालेले रामबहादुर थापालाई गरेको असहयोगको सम्बन्धमासमेत समीक्षात्मक निष्कर्ष निकालिने ती सदस्यको भनाइ छ । उनले भने— ‘यस्तै यस्तै विषयहरु हुन् । अन्य एजेण्डा तय भएको छैन । समसामयिक विषयहरु त छँदैछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *