कोरोना संक्रमण

दुईवटा मास्क लगाउँदा जोखिम घट्छ ?

काठमाडौं । जतिबेला कोरोना संक्रमणको पहिलो लहर चल्दै थियो । त्यतिबेला धेरै जनाले दुईवटा मास्कको प्रयोग गर्नुभएको देखियो र अहिले पनि कतिपयले दुईवटै मास्क लगाइरहनुभएको म आफैंले पनि धेरै देख्ने गरेको छु ।

एउटा कपडा लगाउँदाभन्दा दुईवटा कपडा लगाउँदा अवश्य पनि तातो/न्यानो हुन्छ । यस्तैगरी मान्ने हो भने एउटा मास्क लगाउँदा भन्दा दुईवटा मास्क लगाउँदा बढी सुरक्षित भइन्छ भन्ने आममानिसको व्यक्तिगत बुझाइ छ भन्ने लाग्छ मलाई । तर, मास्कको सन्दर्भमा भने यो प्रमाणित भएको छैन कि- जहाँ, दुईवटा लगाउँदा एउटा लगाइएको भन्दा दुईवटा लगाउँदा बढी सुरक्षित भइन्छ ।

यस हिसाबले हेर्ने हो भने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसको प्रयोगमा हुन्छ । तपाईंसँग धेरैवटा मास्क छ तर, त्यसको प्रयोगमा तपाईंले ध्यान दिनुभएको छैन भने तपाईंलाई जोखिम कम हुन्छ भन्ने हुँदैन । तर, तपाईंसँग एउटै मात्रै मास्क छ तर, त्यसको प्रयोग ‘वेल मेनेजिङ्ग’ तरिकाले गर्नुभएको छ भने त्यो नै बेटर हुन्छ ।

मास्कको परिणाममा होइन, प्रयोगको गुणस्तरीयतामा ध्यान दिनुपर्छ । फेरि दुईवटा मास्क लगाउनै हुँदैन भन्ने पनि होइन ।

अब योसँगै तपाईं कस्तो ठाउँमा हुनुहुन्छ अथवा रहनुहुन्छ भन्ने कुराले पनि धेरै कुरालाई म्याटर गर्ने भयो । किनकि, तपाईं सधैं भीडभाडमा रहनुहुन्छ भने तपाईंले सधैं पूर्णसावधानी अपनाउनैपर्‍यो । मास्क लगाउनैपर्‍यो । सेनिटाइजरको हमेशा प्रयोग गर्नैपर्‍यो । अरूहरुसँग भौतिक दूरी कायम राख्नैपर्‍यो । तर, तपाईं सुरक्षितसाथ घरमै हुनुहुन्छ, बाहिर निस्किनुहुन्न, अरुहरुलाई भेट्नुहुन्न भने त मास्क नै लगाइराख्नुपर्छ भन्ने भएन । त्यो भएर तपाईंले मास्कको परिणाममा होइन, प्रयोगको गुणस्तरीयतामा ध्यान दिनुपर्छ । फेरि दुईवटा मास्क लगाउनै हुँदैन भन्ने पनि होइन, आफूलाई कम्फर्ट फील हुन्छ भनेर दुईवटै मास्कको प्रयोग गर्न पनि सकिन्छ ।

जस्तो तपाईंले ५ वटै मास्क किन नलगाउनुस् तर, सही तरिकाले लगाउनुभएन भने तपाईं सुरक्षित रहनुहुन्न । तर, तपाईंले एउटै मास्क पनि सही तरिकाबाट लगाउनुभयो भने तपाईंलाई एउटै मास्कले पनि धेरै मास्कले दिनेजति सुरक्षा अवश्य दिन्छ । खासगरी सर्जिकल मास्कको प्रयोग गर्दा राम्रो हुन्छ । किनकी, यो चाहिँ भाइरस प्रोटेक्सनको मापदण्ड पुर्याएर बनाइएको हुन्छ ।

तर, मास्ककै मानेमा एउटा मात्रै लगाउँदा संक्रमित नै भइहालेँ भन्ने हुँदैन । तपाईं ठूलै भीडमा जाँदा पनि एउटै मास्क सही तरिकाले लगाउनुभएको छ भने तपाईंलाई एउटै मास्कले चाहिँदो सुरक्षा दिन्छ ।

अर्को कुरा त के हो भने एकभन्दा बढी मास्कको प्रयोगबाट बढी सुरक्षित भइन्छ भन्ने वैज्ञानिक परिपुष्टि आजसम्म भएको छैन । अहिलेसम्म जतिपनि अध्ययन अनुसन्धानहरु भएका छन्, एउटै मास्कमा भएका छन् र त्यसैगरी नै चलनचल्तीमा आए ।

त्यसैले भन्छु- जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै ठूलो कुरा हो । यसप्रति सबैको ध्यान हुनु आवश्यक छ ।

[मकालु खबरकर्मी धनबल राईले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको कुराकानीको आधारमा ।]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *