पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको अन्त्येष्टि गरिएको छ । बरालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

९३ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासमै निधन भएको हो ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पाेखरेललगायत प्रहरी उच्च पदस्थ अधिकारीहरु आर्यघाटमा पुगेर बरालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । महानिरीक्षक क्षेत्रीले बरालकाे शवमा नेपाल प्रहरीकाे झण्डा ओडाएर सम्मान गरेका थिए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । राणा शासनविरुद्ध कांग्रेसले गरेको सशस्त्र आन्दोलनमा बराल मुक्ति सेनाका रुपमा सक्रिय थिए ।

उनी प्रहरी महानिरीक्षक पछि सांसद एवम् बर्माका लागि नेपालको राजदूतसमेत भएका थिए ।

तस्बिरहरू:

प्रतिक्रिया

2 thoughts on “पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको अन्त्येष्टि (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *