जबरजस्ती करणीको आरोपमा एक पक्राउ
२०७८ जेठ ५ गते

ईलाम । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका-१ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








