जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मनकुमार विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका-६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =