अवैध लागूऔषध खैरो हेरोइनसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

काठमाडौं । कैलाली, कापुर नगरपालिका-७ बैदीस्थित सडकबाट ९ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया दिलु रिमाल पाण्डे र सोही ठाउँ बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खैरो हेरोइन सहित उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तु नगरपालिका-६ थुमुवाबाट २ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-६ कर्मा बस्ने २१ वर्षीय सकिल दर्जी (मुसलमान) र २० वर्षीय समिम दर्जी (मुसलमान) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








