जसपा : दलको नेतामा महतोलाई दाबी गर्दै संसद सचिवालयमा महन्थको पत्र
२०७८ जेठ ४ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय जनता पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ । सांसद एकवाल मियाँले मकालु खबरलाई भने‚ ‘पत्र पठाएका हौँ । दर्ता हुने क्रममा छ ।’
मंगलवार संघीय संसद सचिवालयलाई अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएर जानकारी गराएको र उक्त पत्र संघीय संसद सचिवालयमा दर्तासमेत भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ ।
यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेकोबारे भने प्रष्ट नरहेको उनले जनाए ।
२०७८ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








