सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । बाँके, राप्तिसोनारी गाउँपालिका-९ झिझरी खोलास्थित सडकमा ना.६ ख ४९०९ नम्बरको ट्रकले से.३ प ३२१४ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सोही गाउँपालिका-८ बस्ने २८ वर्षीय किरण जेबि चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण प्रसाद थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-१ दुम्जास्थित सडकमा बा.१५ च ६८९५ नम्बरको गाडी र प्रदेश २-०३-००१० प ४१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही गोदौता नगरपालिका-८ बस्ने ४५ वर्षीय बिमलेश कुमार ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








