कर्णालीमा दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानुन युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् ।

शर्मा र नेपालीलाई सोमबार दिउँसो कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि आज शपथ खुवाइएको हो। गएको बुधबार मुख्यमन्त्रीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

तर सत्ता साझेदार नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि विष्टलाई मन्त्रीबाट ब्याक गरिएको थियो । गएको वैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =