प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा ४ रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीले प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

सर्वोच्चको रिट महाशाखा प्रमुख बाबुराम दाहालकाअनुसार प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग रिटमार्फत गरिएको छ ।

रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *