मदन‍-आश्रित स्मृति दिवस

नेपालको आग्रह- दासढुंगा घटनाको यथार्थ पत्ता लगाउनुहोस्

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जननेता मदन भण्डारीको रहस्यमयी दुर्घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन् । २८औँ मदनआश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन’, विज्ञप्तिमा भनिएको छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =