चार मन्त्रीको रिट सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका ४ सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । जसपाको डा. बाबुराम भट्टराई—उपेन्द्र यादव पक्षले गरेको कारबाहीको आधारमा लुम्बिनी प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका ४ सांसदको रिट सर्वोच्च अदालतमा आइतबार दर्ता भएको हो । सांसद सन्तोष पाण्डेयले मकालु खबरसँग भने– ‘हामीले वैशाख १९ गते नै बुझाएका थियौँ । आज दर्ता भएको छ ।’

जसपा विवादकै बीच प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका पाण्डेयसँगै विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेयलाई भट्टराई–यादव पक्षको कारबाहीलाई आधार मानेर प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारबाही नगरेको जिकिर गरेका थिए ।  तर, पनि सभामुखले घर्तीले कारबाही सदर गरेका थिए । लगत्तै ४ सांसदको पद गुमेको थियो । सो निर्णयविरुद्ध रिट लिएर उनीहरु सर्वोच्च आएका थिए । तर उनीहरु आउँदासम्म काठमाडौंमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि बुझाएर फर्किएका थिए ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि उनीहरुले उत्प्रेषणको आदेशबाट प्रदेश सभाको कारबाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।

पदमुक्त उनीहरु सबै अहिले प्रदेश सरकारका मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *