वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन

काठमाडौँ । वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कोभिड १९ संक्रमण भएपछि सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए ।

उनी एक हप्तादेखि अस्पतालमा भर्ना भएका थिए ।

चलचित्र निर्देशन, तथा गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्की १९९५ साल कात्तिक २२ गते स्याङ्जाको बहाँटारीमा जन्मिएएका थिए ।

उनले लेखेका र संकलन गरेका तिजको रहर आयो बरिलै, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाकासहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।

२०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका कार्कीले विश्वास, भूमरी, पहिलो प्रेमलगायत चलचित्र निर्देशन गरेका छन् ।

यस्तै आत्मा बेचेको छैन, ढलेको गिलास, हनिमुन, बसिबियाँलो, माया पिरतीको कथा, जुन निदाउन थाल्यो, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) लगायत साहित्यिक कृति प्रकाशित छन् ।

स्वर्गीय कार्कीका श्रीतमी र दुई छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *