‘प्रधानमन्त्रीज्यू, फेरि पाएको मौकालाई महामारी नियन्त्रणमा लगाउनुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबका सम्पूर्ण दिन महामारी नियन्त्रणमा लगाउन आग्रह गरेका छन् ।

शनिवार एक भिडिओ सन्देश जारी गर्दै नेता थापाले फेरि मिलेको मौकामा महामारीसँग जुध्न आग्रह गरेका हुन् । नेता थापाले आफूहरूले पनि अबको केही समय असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न साथमा दिने उल्लेख गरेका छन् ।

नेता थापाले भनेका छन्– ‘प्रधानमन्त्रीज्यू, फेरि एकपटक मौका पाउनुभएको छ । अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, ऊर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस् । हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईंको साथमा उभिनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *